उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

२०८१ पुष २७ गते शनिवार
सारांश
  • शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण रहने बताएका हुन् ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उदेश्यका साथ अगाडि बढे मात्र हरेक काम पुरा गर्न सकिने बताएका छन् ।


शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण रहने बताएका हुन् ।


उनले भने, ‘हाम्रोे उदेश्यलाई पुरा गर्ने गरी हिड्यौं भने हरेक कुराहरु सम्भव छ । निस्वार्थ हिसावले र हाम्रो उदेश्यलाई क्लियर गरेर हिड्यौं भने हाम्रो जीवनमा आउने  समस्याहरु समाधान हुन्छन् । समस्या त आउँछन् नआउने होइन, एउटा कमिटमेन्टका साथ अगाडि बढ्यौं भने हरेक कुराहरु पुरा गर्न सकिन्छ ।

 

 हामीले उदेश्य कस्तो लिएका छौं त्यसमा भर पर्छ । हामीले आफ्नो व्यक्तिगत स्वार्थ, समाजको स्वार्थ, अर्थात हाम्रो दृश्टिकोणलाई कसरी व्यवस्थापन गरेका छौं, समाजले, आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’


यसैगरी उनले बीना अनुसन्धान शिक्षा नचल्ने बताए । उनले कतिपय निशुल्क शिक्षाभित्र राज्यले दिनुपर्ने सेवासुविधा प्रष्ट हुनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार